Hot News,
International News
»
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले
उपत्यकामा मौलाएको कालोबजारी रोक्न
सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आइतबार
आयोजित कार्यक्रममा उपत्यकाका तिनै जिल्लाका प्रमुख
जिल्ला अधिकारी, प्रहरी
प्रमुख र सम्बन्धित निकायका सरकारी
प्रमुखहरुलाई अख्तियारले यस्तो निर्देशन दिएको हो ।
तीनै जिल्लाका सिडियो, प्रहरी
प्रमुखहरु तथा सम्बन्धित निकायका
सरकारी प्रमुखहरुको सहभागि रहेको सो
कार्यक्रममा अख्तियार प्रवक्ता कृष्णहरि पुष्करले
कालोबजारी नियन्त्रण गर्न नसक्ने हो भने
कारबाही भोग्न तयार हुनुपर्ने बताए ।
बजारमा ग्यास इन्धन लगायतका उपभोग्य बस्तुहरुको
अभाव भएको तर कालोबजारीमार्फतबाट भने
जतिपनि पाइने अवस्थाको सिर्जना भएको भन्दै सो
अवस्थाको अन्त्य नभए सम्बन्धित निकायलाई नै
कारबाही गर्ने उनले चेतावनी
दिए ।
सो कार्यक्रममा प्रवक्ता पुष्करले सरकारले अहिले
गरिरहेको अनुगमन नाममात्रको भएको भन्दै त्यसलाई
कडाइ गर्न निर्देशन समेत दिएका थिए ।
तर, सरकारी अधिकारीहरुले
भने सरकारी निकायवीच
समन्वय नहुनु र सूचनाको अभाव हुनुले बजार
अनुगमन प्रभावकारी हुन नसकेको भन्दै
आफ्नो बचाउ गरेका थिए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...