केही कुराहरुमा भने असर पार्ने तथ्यले देखाएको छ । हालै
सार्वजनिक गरिएको एक नयाँ अध्ययनका अनुसार ३०
वर्षपछि आमा बन्ने महिलाद्वारा जन्माइएको
छोरीहरुमा युवावस्थामा डिप्रेशन हुनसक्ने सम्भावना
औल्याएको छ ।
युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका वैज्ञानिक र मुख्य
लेखिका जेसिका टीयर्न भन्छिन्, ‘युवा अवस्थामा
महिलालाई डिप्रेसन र तनाव हुन्छ भने त्यसको महत्वपूर्ण
कारण उनीहरुको जन्मसँग जोडिएको हुन्छ । उनीहरु जन्मँदा
आमाको उमेर तीस कटेको छ भने यस्तो समस्या हुने प्रवल
सम्भावना हुन्छ ।’
यो अध्ययनका लागि शोधार्थीहरुले वेस्टर्न अस्ट्रेलिया
प्रेग्नेन्सी कोहर्टको अध्ययनको तथ्यांकलाई विश्लेषण
गरेका थिए । उक्त अध्ययनमा १९८९ देखि १९९१ को बीचमा
गर्भवती भएका महिलाहरुलाई सहभागी गराइएको थियो
। उनीहरुको मनोवैज्ञानिक र जनसांख्यिक जानकारी
पनि संकलन गरिएको थियो । उक्त तथ्यांकलाई पछिल्लो
२३ वर्षमा विभिन्न उमेरको क्रममा उनीहरुको छोरीको
मनोवैज्ञानिक मूल्यांकन गरिएको थियो ।
शोधार्थीहरु ती महिलाहरुको एक हजार दुई सय छोरीहरुले
२० वर्षसम्मको उमेरमा डिप्रेशन र तनावको विभिन्न
लक्षणहरुको अध्ययन गरे र उनीहरु जन्मँदा उनीहरुको
बाबुआमाको उमेरको तुलना पनि गरे । छोरी जन्माउने बेला
जुन आमाको उमेर ३० देखि ३४ वर्षको बीच थियो, उनको
छोरीमा ३० वर्षभन्दा कम आयुमा सन्तान जन्माउने
आमाको छोरीको तुलनामा धेरै तनाव हुने गरेको भेटिएको
थियो । त्यसरी नै २० वर्षभन्दा कम उमेरमा जन्म दिने ५
प्रतिशत महिलाको उनीहरुका छोरीमाथि कुनै प्रभाव
देखिएन । श्राेतः विभिन्न अनलाइन


0 comments
प्रतिक्रिया दिनुहोस्...