-->
विराटनगरबाट औषधि भित्रियो, मंगलबार कहाँबाट कति आयो इन्धन ?

काठमाडौं, मंसिर १५ । भारतको नाकाबन्दीका कारण
मंगलबार पनि नेपाल–भारत सीमानाकाहरुबाट आयात
प्रभावित बन्यो ।
दिनभरमा विराटनगर जोगबनी नाकाबाट १२ ट्यांकर
डिजेल, ५ ट्यांकर पेट्रोल, ५ ट्रक औषधिसहित मालबाहक
गाडी नेपाल भित्रिए ।
यो नाकाबाट लामो समयपछि मंगलबार औषधि बोकेका
गाडीलाई प्रवेश दिइएको हो । यसअघि, यो नाकामा
मधेसी मोर्चाका
कार्यकर्ताले औषधि बोकेका गाडीलाईसमेत तोडफोड
गरेका थिए ।
यस्तै, पूर्वको काँकडभिट्टा–पानीट्यांकी नाकाबाट
मंगलबार दिनभरमा ७ ट्यांकर पेट्रोल, २ ट्यांकर मट्टीतेल र १
ट्यांकर हवाई इन्धनसहित एक सयभन्दा बढी मालबाहक
गाडी नेपाल भित्रिएका छन् ।
भैरहवा–सुनौली नाकाबाट मंगलबार मालबाहक
गाडीमात्र नेपाल भित्रिए ।
यस्तै, नेपालगन्ज–रुपैडिहा नाकामा मोर्चाका
कार्यकर्ता र प्रहरीबीचको झडप भएपछि सो नाकाबाट
मंगलबार कुनैपनि गाडी नेपाल भित्रन सकेनन् ।
वीरगन्ज–रक्सौल नाका भने मधेसी मोर्चाको अवरोधले
अझैपनि ठप्पै छ ।


, ,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.