धेरै युवायुवती डन्डीफोरको समस्याले
पीडित हुने गरेका छन् । डन्डीफोर छालामा हुने
एक प्रकारको रोग हो भन्ने कुरा नबुझ्दा र डन्डीफोर निको
पार्ने भन्दै विभिन्न घरेलु उपाय अपनाउँदा धेरैले अनुहारको सुन्दरता
गुमाउँछन् ।
मानिसको शरीरमा हुने रौँको फेदमा स–साना प्वाल हुन्छन् ।
रौँको जरामा जोडिएर बसेको एक प्रकारको ग्ल्यान्ड हुन्छ । यो
ग्ल्यान्डले छालालाई चिल्लो बनाउने विशेष प्रकारको रस उत्पादन गर्छ ।
जुन बेला रौँको जरामा रहेको प्वाल बन्द हुन्छ, त्यस्तो बेलामा छालालाई
चिल्लो बनाउने रस बाहिर निस्कन पाउँदैन ।

0 comments
प्रतिक्रिया दिनुहोस्...