-->
भारतीय राजदूतविरुद्ध संसद्मा यसरी भयो नाराबाजी (भिडियो)

फोटो :नेपालमा हस्तक्षेप गरेको भन्दै संसद्को मंगलबारको बैठकमा
भारतीय नाकाबन्दी विरुद्ध नाराबाजी गर्दै
सांसदहरु। तस्बिर: रजेन्द्र केसी
भारतीय राजदूतविरुद्ध
संसद्मा यसरी भयो
नाराबाजी (भिडियो)
अन्नपूर्ण
|
काठमाडौं: संसद्को मंगलबारको बैठकमा भारतले नाकाबन्दी गरेर
नेपालमा हस्तक्षेप गरेको भन्दै सांसदहरुले नाराबाजी गरेका
छन्।

मंगलबार मध्यान्ह बैठक सुरु हुनसाथ मधेसी मोर्चाका
सांसदहरुले रोष्ट्र घेराउ गरेर नाराबाजी सुरु गरेका थिए।
मधेसी मोर्चाले अवरोध गरेर बैठक चल्न नदिएको अवस्थामा
नेपाल मजदुर किसान पार्टीका सांसदहरु आफ्नै स्थानमा उठेर
नाकाबन्दी र भारतीय हस्तक्षेपविरुद्ध
नाराबाजी थालेका थिए।
नेमकिपाका सांसदहरुले भारतीय हस्तक्षेप बन्द गर,
नाकाबन्दी हस्तक्षेप हो, भारतीय राजदूतलाई
फिर्ता पठाऊ जस्ता नारा लगाएका थिए। मधेसी मोर्चाका
सांसदहरुले मधेस आन्दोलनलाई सम्बोधन गर, संविधान संशाोधन गरजस्ता
नारा लगाएका थिए।

दोहोरो नाराबाजीले संसद् चल्ने अवस्था नभएपछि सभामुखले
आगामी मंसिर २० गतेसम्मका लागि स्थगित गरेका छन्।
मधेसी मोर्चाको अवरोधका कारण संसद् निरन्तर अवरुद्ध हुँदै
आएको छ ।


, ,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.