-->
दूरी घटायो रियलल

म्याड्रिड: स्पेनिस ला लिगा फुटबलको आइतबार राति
भएको खेलमा रियल म्याड्रिड, गेटाफे, एथलेटिक बिल्बाओ
र सेभिलले सफलता हात पारेका छन्।
रियल म्याड्रिडले आइबारलाई २-० गोलले हरायो ।
रियलको जितमा गारेथ बेल र क्रिस्टियानो रोनाल्डोले
एकएक गोल गरे । बेलले खेलको ४३ औं र रोनाल्डोले ८२ औ


मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।
गत तीन खेलमा १० गोल खाएको रियलले आइतबार राति
भने समालिएको प्रदर्शन गर्यो। बेलले गत अगस्टपछि गरेको
यो नै पहिलो गोल हो । उनले चालू सिजनमा केवल तीन
गोल गरेका छन् । रोनाल्डोले पनि लिगको पछिल्लो तीन
खेलमा गरेको यो नै पहिलो गोल हो।
गेटाफेले पनि भिल्लारियललाई समान २-० गोलले नै
पन्छायो । गेटाफेलाई जित दिलाउने क्रममा लाफिताले
२१ औं र अल्भारो भास्क्वेजले ५१ औं मिनेटमा गोल गरे ।

जितसँगै गेटाफे रेलिगेसन क्षेत्रबाट बाहिर निस्केको छ।
स्पेनका अन्तर्राष्ट्रिय खेलाडी एरिटेज एडुरेजको
ह्याट्रिकमा एथलेटिक बिल्बाओले रायो भालेकानोलाई
३–० ले पराजित तुल्यायो । एडुरेजले खेलको पहिलो, २४ औं
र ६० औं मिनेटमा गोल गरेका थिए।
सेभिलले भने भ्यालेन्सियालाई १-० गोलले पाखा लगायो
। सेभिलको जितमा सर्जियो एस्कुडेरोले ५० औं मिनेटमा
निर्णायक गोल गरेका थिए । हारसँगै भ्यालेन्सियाका
प्रशिक्षक नुनोले आफ्नो पदबाट राजीनामा दिएका छन्।

स्पेनिस ला लिगा तालिकाको शीर्ष स्थानमा रहेको
बार्सिलोनाको ३३ अंक छ । दोस्रो स्थानमा रहेको
एट्लेटिको म्याड्रिडको २९ अंक छ । तेस्रो स्थानमा
सुरक्षित रियल म्याड्रिड २७ अंक छ । शीर्ष तीनमा रहेका
क्लबले समान १३ खेल खेलेका छन्।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.