-->
कसरी बन्छ यो देश ?

धोती लाउनेको आफ्नै कुरा
टोपी लाउनेको झन् अर्कै कुरा
नेपाली भएर नेपाल आमाकै
छैनन् कोही गर्दिने इच्छा पूरा

धोती लाउनेको आ–आफ्नै भेष
टोपी लाउनेको नि अर्कै भेष
सबैको आ–आफ्नै कुरा र भेष
अनि कसरी बन्छ यो देश ?

कोहीलाई मधेस चाहिया’छ
कसैलाई हिमाल चाहिया’छ
भाइलाई भाइसँगै जुधाएर
स्वार्थ लुट्न पाइया’छ
पराइलाई आफ्नै भनेर
तिनीहरूकै कुरा मानेपछि
आफ्नालाई पराइ ठानेर

त्यसमाथि गोली हानेपछि
अब कसरी बन्छ यो देश ?
लौन कसरी बन्छ यो देश ?


, ,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.