काठमाडौं, १५ मंसिर । नेपालमा नाकाबन्दी गरेर
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी निकै आलोचित छन् ।
सम्पूर्ण नेपाली जनताको नजरमा उनी नेपालको मुख्य
दुश्मन नै गनिएका छन् ।
करिब दुई महिना अघिदेखि नाकाबन्दी लगाएर उनले
नेपाली जनतालाई निकै दुःख दिएका छन् । मधेसीको बुई
चढेर भारतले चाँहेजस्तो संविधान बनाउन मोदीले
नाकाबन्दी लगाएको बताइन्छ । मधेसवादी दलहरुले पनि
आफ्नो आन्दोलनमा भारतको सहयोग रहेको बताउँदै
आएका छन् ।
यसैक्रममा भारतमा अर्का मोदी देखिएका छन् । जसले
नेपालको आन्तरिक मामिलामा नाङ्गो हस्तक्षेपको
प्रयास गरेका छन् । उनी हुन् विहारका पूर्वमुख्यमन्त्री
लालुप्रसाद यादव । जसले विहारमै कुखुराको चारोमा
करोडौंको भ्रष्टाचार गरेका थिए ।
सोमबार साँझ यादवले नेपालका मधेसीमाथि भेदभाव
रहेको भन्दै ट्वीट गरेपछि उनीपनि नेपाली जनताको
नजरमा भिलेन बनेका छन् । अर्थात यादवले मोदीको डबल
रोल प्ले गरेका छन् ।
पहिलो ट्विटमा मोदीले नेपालसित सम्वन्ध बिगारेको
लेखेका यादवले एक घन्टापछि मधेसीमाथि नेपालमा
भेदभाव भएको लेखेका थिए । उनले ट्वीट गर्दै लेखेका छन्-
‘नेपालका मधेसीहरुका विरुद्ध भएको भेदभाव र
सीमान्तीकरणका विषयमा भारत सरकारले तत्काल कदम
चाल्नुपर्छ ।’
मधेस नेपालको आन्तरिक मामिला भएपनि उनले भारतले
एक्सन लिनुपर्ने भनेर सिधै नाङ्गो हस्तक्षेप गरेका हुन् ।
उनको त्यो आरोपमा सयौं नेपालीहरुले कडा जवाफ
फर्काएका छन् ।
उनलाई जवाफ फर्काउँदै दिनेश भुसाल लेख्छन्- नेपालको
संविधान पढेर मात्रै टिप्पणी गर ।’ त्यस्तै गुरुराजको
टिप्पणी छ- ‘तिमी आफ्नो बिहारको ख्याल गर, जहाँ
दिनदहाडै महिलाहरुमाथि सामुहिक बलात्कार भइरहेको
छ ।’ शिव क्षेत्रीको आक्रोश छ- ‘यदि त्यति धेरै माया छ
भने मधेसीहरुलाई बिहारमै लगेर राख ।’
यसअघिको ट्विटमा रोटी-बेटीको सम्बन्ध विगारेको
भन्दै मोदीको आलोचना गरेका यादव दोस्रो ट्विटमा
आफै मोदी बनेको देखाउँछ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...