
वीरगन्ज –‘के, फोटो लिएको ? हामीले
खानु पर्दैन ? दुनियाँले बेचेको छ, अरुको लिनु,
हाम्रो नलिनु ! हामीले क्यामरा झिकेपछि
एक महिला चर्को स्वरमा कराउन थालिन् ।
नजिकै रहेको अर्का दुई युवा मध्ये एउटाले भने,
‘यस्को फोटो लिनुस, यहि हो तेल तस्कर !’
‘म हैन, यो हो तेल तस्कर !’
सुन्दा सामान्य तर निकै गम्भिर शब्द प्रयोग
गर्दै उनिहरुले हामीलाई जिस्क्याउन थाले ।
लामो समयदेखी डिजेल पेट्रोलको
कारोवारलाई दैनिकी बनाएका ति युवाहरु
सायद ‘तस्कर’ शब्दको अर्थ राम्ररी खुट्याउन
जान्दैनन् ।
तपाई वीरगन्ज नाकाको मितेरी पुलमा
पुग्नुभयो भने पुलेको बायाँतिरको दृश्यले
तपाईलाई तान्नेछ । त्यहाँ विहानैदेखी
पेट्रोलियम पदार्थको बार्गेनिङ गर्नेदेखि
किन्ने र बेच्नेको समुह धेरै भेटिन्छ ।
तराई–मधेशमा आन्दोलन चर्किएको केही
दिनदेखि मितेरीपुलमा शुरु भएको महँगो
तेलको कारोवार आजभोली ‘हाटबजार’ मा
परिणत भएको छ । दिनहुँ लाग्ने त्यस्तो
हाटबजार विहान सवेरैबाट शुरु हुन्छ र राती
अबेरसम्म चल्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...