ताप्लेजुङ, मंसिर १५ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय
विराटनगरले ताप्लेजुङका प्रहरी प्रमुख शान्तिराज
कोइरालालाई सो क्षेत्रको उत्कृष्ट प्रहरी घोषणा गरेको
छ ।
पूर्वका विभिन्न जिल्लामा आतंक मचाउँदै आएको भूमिगत
सशस्त्र समूह देउमान लिम्बु (हाराहाङ) को गतिविधि
निस्तेज पार्न सफल भएका ताप्लेजुङका प्रहरी प्रमुख
डीएसपी कोइलालालाई कात्तिक महिनाको
उत्कृष्ट प्रहरी घोषणा गर्दै क्षेत्रीय प्रहरी कार्यालयले
पुरस्कृत गरेको हो ।
कोइराला प्रहरी प्रमुख भएर ताप्लेजुङ आएसँगै जिल्लाको
शान्ति–सुरक्षामा परिवर्तन आएको छ भने फरार
अभियुक्तहरु पनि धमाधम पक्राउ परिरहेका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...